• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    पल शाह प्रकरण : नवलपुर अदालतको फैसलाविरुद्ध उच्चमा जाने तयारी

    344
    SHARES


    काठमाडौं । नाबालिग बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बुधबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

    शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार निर्वाचनको कारण देखाउँदै सरकारी वकिल कार्यालयले मुद्दा पेसीबाट हटाएको जानकारी दिए । ‘न्यायाधीश नै निर्वाचन अधिकृत हुनु भएकाले त्यता खट्नुपर्ने भएकाले आजको मुद्दालाई सरकारी वकिलको कार्यालयले हटाएको छ,’ वाग्लेले भने ।

    नयाँ पेसी केही दिनमा तोकिने र अबको सुनुवाइबाट फैसला आउन सक्ने उनले बताए । यसैबीच, नवलपुर जिल्ला अदालतको फैसला विरुद्ध केही दिनमै उच्च अदालत पोखरामा पुनरावेदन गर्ने तयारी भइरहेको पनि उनले जानकारी गराए । नवलपुर जिल्ला अदालतले नाबालिग बलात्कारको मुद्दामा शाहलाई सफाइ दिए पनि बालयौन दूराचारको मुद्दामा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद र १० लाख रुपैयाँ पीडतलाई क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

    अभिनेता शाह अहिले तनहुँ कारागारमै रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया