• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    यस्तो छ फेसबुकका फलोअर्स घट्नुको कारण

    510
    SHARES


    काठमाडौं । बुधबार बिहान फेसबुकका संस्थापक मार्क जुकरबर्गको फेसबुक पेजका फलोअर्स घटेर ९ हजार ९९३ मात्र बाँकी रहे ।

    मंगलबारसम्म उनको पेजमा झण्डै १२ करोड फलोअर्स थिए । जुकरबर्गका मात्र होइन, अन्य फेसबुक प्रयोगकर्ताको पनि फलोअर्स त्यसै गरी घटेका छन् ।

    फेसबुकमा देखिएको बगका कारण यसरी फलोअर्स घटेका हुन् । तर फलोअर्स घट्नुका कारणका बारेमा फेसबुकले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

    फेसबुकले यसअघि फेक अकाउन्ट डिलिट गर्ने अभियान सुरु गरेको थियो । त्यसरी फेक अकाउन्ट डिलिट गर्दा लाखौँ फलोअर्स भएका पेजबाट केही हजार फलोअर्स घट्नु स्वभाविक भएको फेसबुकले नै बताएको थियो ।

    तर अहिले करोडौं फलोअर्स भएका जुकरबर्गकै फलोअर्स ९ हजार ९९३ मा झर्नुको कारण भने बग नै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया