• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    रेशम चौधरीको उम्मेदवारी खारेज

    310
    SHARES


    काठमाण्डौ।  नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले बर्दिया २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

    चौधरीविरुद्ध परेको उजुरीका आधारमा उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको हो ।

    चौधरीलाई थरुहट आन्दोलनका क्रममा टीकापुर घटनाको दोषी ठहर्याइ जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालतले पनि त्यो फैसलालाई सदर गरे पछि चौधरी अहिले सजाय काट्दै छन् ।

    चौधरी अहिले ज्यान मार्ने उद्योगमा जेलमा रहेका छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु) को पनि उम्मेदवारी खारेज भएको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया