• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    भ्रष्टाचार र नातागोता पोस्ने काम गर्दिन : हृदयराम थानी

    367
    SHARES


    काठमाडौँ। पुर्व संघीय मन्त्री एवं सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार हृदयराम थानीले भ्रष्टाचार र नातागोतालाई पोस्ने काम आफूबाट नहुने प्रतिवद्धता जनाएका छन् ।

    जननिर्वाचित व्यक्तिहरुले भ्रष्टाचार र आफ्ना आसेपासेलाई मात्र संरक्षण पर्ने प्रवृत्ति हाबी भएकाले नेताप्रति जनातामा निराशा आएको उनले बताए । त्यस कारण आफु निर्वाचित भएपछि यी दुबै कुराहरु आफ्नो प्राथमिकतामा नपर्ने बुधबार बिहान पत्रकारहरुसँगको अन्तक्रिया कार्यक्रममा उनले दाबी गरे। थानी आसन्न निर्वाचनका लागि कांग्रेसबाट गठबन्धनका साझा उम्मेदवार रहेका छन् ।

    उनले भने,‘ सुर्खेत र समर्ग कर्णालीको विकास र परिवर्तनका लागि आफु कटिबद्ध रुपमा लाग्ने छु । त्यसो भएकाले सुर्खेती जनाले र पत्रकारहरुले आसन्न निर्वाचनमा सहयोग गर्नुहुन्छ भन्नेमा विश्वास छ ।’

    थानी संघीयतापछि दोस्रो पटक प्रतिनिधि सभाको लागि उम्मेदवार बनेका छन् । ०७४ मा बाम गठबन्धनका नवराज रावतसँग पराजित उनी अहिले माओवादी-समाजवादीको सहयोगमा चुनावी मैदानमा होमिएका छन् । ‘विद्यार्थी जीवनकालदेखि नै राजनीति यात्राबाट उदाएको नेता भएकोले यस पटकको निर्वाचनमा सुर्खेत क्षेत्र २ का जनताले आफुलाई नै भोट दिएर जिताउनेमा ढुक्क छु,’उनले भने ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया