• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    डेंगु संक्रमणका कारण मोरङ कांग्रेसका दुई उम्मेदवार अस्पताल भर्ना

    287
    SHARES


    विराटनगर। मोरङमा सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका दुईजनालाई डेंगु संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् ।

    क्षेत्र नम्बर ३ को प्रदेशसभा (१) का उम्मेदवार शेखरचन्द्र थापा र क्षेत्र नं. ४ को प्रदेशसभा (१) का गुरुराज घिमिरेलाई डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।

    उनीहरू दुवै विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका छन् । चार दलीय गठबन्धनबाट प्रदेशसभामा उम्मेदवार बनेका दुवै जना कांग्रेसका हुन् ।

    घिमिरेले डेंगु संक्रमणका कारण ज्वरो आएकै अवस्थामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका थिए भने उनी मनोनयन दर्ता सकेर अस्पतालमा भर्ना भएका हुन् ।

    त्यस्तै थापाले पनि डेंगु संक्रमणका कारण उपचारका लागि अस्पतालमा बस्नु परेको भन्दै घरदैलोमा पुगेर भोट माग्‍न नपाएकोमा दु:ख व्यक्त गरे । उनले बाध्यताले अस्पताल बस्नु परेको भन्दै पार्टीका नेता कार्यकर्ताहरूलाई चुनावी अभियानमा खटिदिन पनि आग्रह गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया