• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    माैसम समाचार

    अबको दुई तीन दिन पछि मनसुन बाहिरिने सम्भावना

    331
    SHARES


    काठमाण्डौ। यसपालि मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुनको अवधि गएको १६ गतेसम्म मात्रै रहने भनिए पनि मनसुन अझै बाहिरिएको छैन ।

    मनसुन कायमै रहेकाले एक दुई दिन क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । तर, अब ठूलो वर्षाको सम्भावना भने नरहेको उनको भनाइ छ ।

    अहिले काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । बेलुकी पख हल्का वर्षाको सम्भावना पनि रहेको छ । बिहान केहीबेर प्रदेश १ र मधेस प्रदेशका केही ठाउँमा हल्का पानी परेको थियो । अब ठूलो वर्षा भने नहुने उनले बताए ।

    अबको दुई तीन दिनपछि पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने पनि मौसमविद्को भनाइ छ । मौसमविद् पौडेलले भने, ‘आउँदो शनिवार र आइतवार पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने अनुमान छ, तर आधिकारिक पुष्टि भने भइसकेको छैन ।’

    यसैबीच, केही दिन लगातार झरी परेसँगै चिसो हुन थालेको छ । न्यूनतम र अधिकतम तापक्रममा खासै घटबढ नभए पनि लगातारको झरीका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परेको र राम्ररी घाम नलागेकाले चिसो महशुस भएको मौसमविद्ले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया