• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बिजुली निर्यात १ अर्ब युनिट नाघ्यो, प्राधिकरणले कति कमायो ?

    342
    SHARES


    काठमाण्डाै। भारतर्फको बिजुली निर्यात एक अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली गएकाे जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि आज मङ्गलवारसम्म अर्थात् असाेज २५ गतेसम्ममा एक अर्ब ३० लाख युनिट बिजुली निर्यात भएको हो ।

    देशभित्र खपत गरी बाँकी भएको बिजुली भारततर्फ निर्यात गरी यस अवधिमा सात अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रा लागि अर्को कोशेढुङ्गा हो’, उनले भने । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको छ ।

    सुरुमा दुई वटा विद्युत् गृहको ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिकरूफमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ गतेदेखि ६ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

    भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले यस अवधिमा बिजुली बिक्रीबाट चार अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई देशबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा बिजुली निर्यातबाट झन्डै १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

    आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ । प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट सात रुपैयाँ ९१ पैसा रहेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया