• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Highlights विशेष समाचार

    काठमाडौं दुईजना युवकमाथि खुकुरी प्रहार

    543
    SHARES


    काठमाडौँ। काठमाडौंको सोह्रखुट्टेमा दुईजना युवकमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट नितेश राई र छिरिङ लामा घाइते भएका छन् । घाइते हुनेहरू दरबारमार्गस्थित प्लाटिनम क्लबका बाउन्सर रहेका छन् ।

    मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर डेरा जाँदै गरेका उनीहरूलाई मोटरसाइकल रोकेर ६-७ जनाको समूहमा आएकाहरूले आक्रमण गरेको प्रहरी वृत्त दरबारमार्गका एकजना अधिकृतले बताए ।

    खुकुरी प्रहारबाट नितेशको खुट्टामा गहिरो चोट लागेको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार नितेशको खुट्टाको पिँडुला नै काटिएको छ । उनीहरूको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

    प्लाटिनम क्लब काभ्रेका अमित लामासहितका व्यक्तिहरुले संचालन गरेका हुन् । सो क्लबमा केही समयअघि बाउन्सरसँग झगडा गरेको आरोपमा दरबारमार्ग प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । भोलिपल्ट उनीहरू मिलापत्र गरेर छुटेका थिए । सोही समूहले बाउन्सरलाई पछ्याएर आक्रमण गरेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया