• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    काठमाडौं-५ मा एमालेको ५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

    398
    SHARES


    काठमाडौँ। नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा ५५५ जनाको निर्वाचन परिचालन कमिटी गठन गरेको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ५५५ जनाको निर्वाचन परिचालन कमिटी घोषणा गरिएको हो ।

    जसमा काठमाडौं जिल्लाका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्यहरू रहेका छन् । कार्यक्रममा एमाले काठमाडौं ५ का उम्मेदवारसमेत रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति अहिले दुई ध्रुवमा बाँडिएको भन्दै त्यसमध्ये एउटा ध्रुवको नेतृत्व एमालेले र अर्को ध्रुवको नेतृत्व गठबन्धनले गरिरहेको बताएका छन् । उनले अबको निर्वाचनपछि एमालेले नेतृत्व गरेको ध्रुवले मुलुकको नेतृत्व गर्ने दाबी गरे ।

    ‘राष्ट्रिय राजनीति दुई पोलमा विभाजित भएपछि हामी कुन पोलको वरिपरि गोलबन्द हुने हो ? यसको फैसला नेपाली जनताले मंसिर ४ को निर्वाचनमा गर्नेछन्’, पोखरेलले भने, ‘अब मूलकको नेतृत्व एमालेले नेतृत्व गरेको पोलले गर्नेछ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया