• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    कर्णालीमा वर्षाले वितण्डा : एक हप्तामा ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घर विस्थापित

    400
    SHARES


    काठमाडौँ। दसैँदेखिको निरन्तरको वर्षाका कारण बाढी र पहिरोमा परेर कर्णाली प्रदेशमा ३३ जनाको ज्यान गएको छ भने ४ सयभन्दा बढी घर परिवार विस्थापित भएका छन्

    । प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार पहिरोमा परेर जुम्लामा ९, मुगुमा ८, कालिकोट र हुम्लामा ४/४, जाजरकोटमा ३ ,डोल्पा र सल्यानमा २/२ जनाको ज्यान गएको छ ।

    यस्तै दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए । उनका अनुसार २२ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा धेरैजसो कालिकोटका रहेका छन् । यस्तै बाढी र पहिरोमा परेर २१ जना घाइते भएका छन् । घाइते हुनेमा कालिकोटका ७ जना रहेका छन् भने मुगु र हुम्लाका ५/५ जना रहेका छन् । यस्तै जुम्लाका २, रुकुम पश्चिमका १ जना र जाजरकोटका १ जना घाइते भएको श्रेष्ठले बताए ।

    उनका अनुसार वर्षाका कारण प्रदेशका ४ सय ८० घर परिवार विस्थापित भएका छन् । तथ्याङ्क अनुसार सबैभन्दा धेरै दैलेखमा १ सय ३ घर परिवार विस्थापित भएका छन् । मुगुका १७८, जुम्लामा ८६, कालिकोटमा ४८, हुम्ला ४०, सल्यानमा ९, सुर्खेतमा ८, डोल्पामा ४ र जाजरकोट र रुकुम पश्चिममा २/२ वटा घरहरू विस्थापित भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया