• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार स्वास्थ्य

    ‘कफ सिरप’ नामक औषधि सेवन नगर्न डब्लूएचओको सुझाव

    655
    SHARES


    काठमाडौँ। विश्व स्वास्थ्य संगठनले भारतले उत्पादन गरेका चार ब्रान्डका कफ सिरप औषधि सेवन नगर्न सुझाएको छ । सो औषधिका कारण गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको आशंका गरिएको छ । विश्व स्वास्थ्य संगठनले कफ सिरप औषधिले स्वास्थ्यमा गम्भीर खालको असर पुर्‍याई बालबालिकाको मृत्यु भएको हुनसक्ने औंल्याएको हो ।

    भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले बालबालिकालाई खुवाउने रुघाखोकीको सो औषधि सेवनपछि ती बालबालिकाको मृत्यु भएको हुन सक्ने जनाएको छ । डब्लुएचओले प्रयोग नगर्न भनेको औषधिमा कोफ्याक्समेलिन बेबी सिरप, प्रोम्याथेजिन ओरल सलुसन, मेकअफ बेबी कफ सिरफ र मेगरिप एन्ड कोल्ड सिरप छन् ।

    ६६ जना कलिला बालबालिकाको मृत्यु उनीहरुका परिवारको लागि हृदय विदारक रहेको डब्लूएचओका प्रमुख डा. टेड्रोस गेब्रेयसले बताएका छन् । यसैबीच औषधि व्यवस्था विभागले ती चार खालका औषधि नेपालमा दर्ता भएका छैनन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया