• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    ओलीलाई रावलको प्रश्न : हरियो सर्प किन हुर्काइँदैछ ?

    1.5K
    SHARES


    काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले संदिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को हो ? भनेर अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

    नेता रावलले मंगलबार ट्वीट गर्दै प्रभु साहको विद्रोहबारे ‘निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपी ओलीको भनाई सुनेको’ भन्दै त्यस्ता व्यक्तिलाई माथि चढाउने को हो र किन त्यस्तालाई हुर्काईदैछ त्यसको जवाफ दिन ओलीसँग माग गरेका हुन् ।

    रावलले ट्वीट गर्दै लेखेका छन्, ‘प्रभु साहको ‘विद्रोह’ बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो । ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया