• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    गलेको भविष्यवाणी : यी दुई टोली टी-२० विश्वकपको फाइनलमा पुग्नेछन्

    1.2K
    SHARES


    काठमाडौँ। वेस्ट इन्डिजका पूर्व क्रिकेटर क्रिस गेलले अस्ट्रेलियामा हुन लागेको टी-२० विश्वकपबारे भविष्यवाणी गरेका छन् । प्रतियोगिता १६ अक्टोबरदेखि सुरु हुँदैछ । पहिलो खेल श्रीलंका र नामिबियाबीच खेलिनेछ ।

    धेरै क्रिकेट समर्थकले यसपटकको फाइनल भारत भर्सेस पाकिस्तान हुने अनुमान गरेका छन् । तर, दैनिक जागरणको अन्तरवार्तामा गेलले भने, ‘मलाई लाग्छ यो प्रतियोगिताको फाइनल वेस्ट इन्डिज र अस्ट्रेलियाबीच हुनेछ ।’

    यद्यपि, आफ्नो दाबीसँगै उनले टी-२० विश्वकपमा वेस्ट इन्डिजको बाटो सहज भनेको नभएको स्वीकार गरे । ‘वेस्ट इन्डिजका लागि यसपटक निकै कठिन हुनेछ किनभने टोलीमा नयाँ कप्तान छन् । केरन पोलार्ड, आन्द्रे रसल र ब्राभो टीमको हिस्सा छैनन्,’ उनले भने । यसको अलावा सुनिल नरेन पनि टिममा छैनन् भने शिमरन हेटमायर पनि टोलीबाट बाहिर भएका छन् । गेलका अनुसार वेस्ट इन्डिज खतरनाक टोली हो र खेलको आधारमा सही रणनीति बनाउन सक्यो भने खेललाई आफ्नो पक्ष पार्न सकिने आशा व्यक्त गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया