• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मनाङबाट ८२ जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार

    320
    SHARES


    काठमाडौँ। मनाङबाट ८२ जना पर्यटकको उद्धार गरिएको छ ।

    मौसम प्रतिकूलताका कारण अलपत्र परेर सम्पर्कमा आएका ७३ जना विदेशी र नौ जना आन्तरिक पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिएका छन् ।

    बाढीपहिराेले गर्दा सडकमार्ग बन्द भएकाले अलपत्र परेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको उनले बताए । गएको मङ्गलवारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।

    मनाङमा पहिलोपटक एकैदिनमा १ सय २० पटक हेलिकप्टर अवतरण गरी पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण पदमार्गको यात्रामा मनाङ पुगेका बाह्य पर्यटकको उद्धार गर्ने क्रममा हिजो एकैदिन १ सय २० पटक अवतरण गरी नयाँ रेकर्ड कायम गरेको हो । मनाङलगायत गोरखा, मुस्ताङ र उपल्लो डोल्पाको हिमाली क्षेत्रमा पर्यटक पुगेका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया