• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    मिसाइल आक्रमणमा १४ जनाको मृत्यु, रुस भन्छ-विनाशको यो पहिलो अध्याय मात्र हो

    446
    SHARES


    काठमाडौँ। युक्रेनको राजधानी किभमा रुसले गरेको मिसाइल आक्रमणको विश्वका धेरै देशले निन्दा गरेका छन् । अमेरिकाले रुसले विश्वविद्यालय र बालबालिकाको खेल मैदान लगायतका नागरिकलाई निशाना बनाएको बताएको छ । अमेरिकाले युक्रेनलाई सहयोग जारी राख्ने आश्वासन पनि दिएको छ ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणबाट आफू अत्यन्तै स्तब्ध भएको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमियालाई रुससँग जोड्ने एकमात्र पुलमा शनिबार भएको विस्फोटको प्रतिक्रियामा आक्रमण भएको बताएका छन् ।

    रुसले सोमबार ८३ वटा क्षेप्यास्त्र प्रहार गरेको र जसमध्ये ४३ वटा हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको युक्रेनले दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘युक्रेनलाई डराउन सकिँदैन । यी सबै कुराले हामीलाई थप एकताबद्ध बनाउनेछ।’

    राजधानी किभबाहेक रुसले युक्रेनको लवीव, खार्किभ, द्नीप्रो, जापोरिज्ज्यामा पनि आक्रमण गरेको थियो । यी शहरहरू विगतमा पनि रुसको निशानामा थिए र पछिल्ला महिनाहरूमा यहाँ धेरै विनाश भएको छ । एक अधिकारीले सोमबारका यी आक्रमणमा झण्डै १४ जनाको ज्यान गएको र कैयौं घाइते भएको बताएको छ । आक्रमणका कारण धेरै सहरमा बिजुली र पानी आपूर्ति समेत अवरुद्ध भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया