• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चीनमा ८३.४ मिटरको सबैभन्दा अग्लो रुख

    473
    SHARES


    काठमाडौँ। चीनमा रहेका मध्ये ८३ दशमलव ४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ ।

    अनुसन्धानकर्ताहरूको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुखसम्बन्धी विवरण आइतवार सार्वजनिक गरेको हो ।

    शाङ्घाई चेन्शन बोटानिकल गार्डेनले देशभरि रहेका रुखहरूमध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । कीर्तिमानी त्याे सबैभन्दा अग्लो रुखको नाम ‘अबिज एर्नेस्ती वर सालौएनेन्सिस’ राखिएको छ ।

    चीनको दक्षिण-पश्चिमी क्षेत्रमा पर्ने पहाडी भू-भाग तिब्बत स्वशासित क्षेत्रमा त्याे रुख रहेको जनाइएको छ । यो सबैभन्दा अग्लो रुखको पहिचान पहिलो पटक गएकाे मे महिनामा गरिएको थियो । चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको इन्स्टिच्युड अफ बोट्नीले सुरुमा त्यसको पहिचान गरेको हो । त्यही रुख नै देशभरिको सबैभन्दा अग्लो रुख हो भन्ने कुराको दोस्रो पटक गएकाे अगस्टमा पुष्टि गरिएको थियो ।

    सबैभन्दा अग्लो रुख पहिचान गर्न ड्रोनको प्रयोग गरिएको थियो । त्यस रुखको मोटाइ भने दुई सय सात सेन्टिमिटर रहेको छ । यो रुख तीन सय ८० वर्ष पुरानो भएको पनि दाबी गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया