• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    मनोरञ्जन

    बलिउड अभिनेत्री भाग्यश्री काठमाडौंमा

    1.9K
    SHARES


    काठमाडौँ। बलिउड अभिनेत्री भाग्यश्री काठमाडौं आएकी छन् । उनी आइतबार साँझ काठमाडौँ आएको नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापाले जानकारी दिइन् ।

    भाग्यश्री काठमाडौं आएकी त हुन्, उनी केका लागि आएकी हुन् र कति दिन बस्छिन् त्यो भने जानकारी नभएको थापाले बताइन् ।

    सलमान खान स्टारर सन् १९८९ को चर्चित फिल्म ‘मैंने प्यार किया’बाट बलिउड फिल्म अभिनय डेब्यु गरेकी भाग्यश्री सोही फिल्मबाट चर्चित बनेकी छन् ।

    निजी भ्रमणको सिलसिलामा नेपाल आएकी उनी पदयात्राका लागि नेपाल आएको हुन सक्ने अनुमान गरिएको छ । उनले केही भारतीय टेलिभिजन सिरिज समेत निर्देशन गरेकी छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया