• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    हाइड्रोजन बिक्री गरेर देशलाई समृद्ध बनाउन सकिन्छ : मन्त्री शर्मा

    261
    SHARES


    काठमाण्डाै। अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिकरूपमा समृद्ध बनाउन सकिने बताएका छन् ।

    आज सोमवार काठमाण्डाैमा आयोजित नेपाल ग्रीन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिकरूपमा समृद्ध बनाउन सकिने बताए । उनले जलवायु परिवर्तनका कारण विभिन्न असर पनि देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने बताए । पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको उनले बताए ।

    मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने धारणा राखे । उनले भने, ‘हामीले नेपालबाट अब बिजुली बिक्री गर्नु पर्दैन । अब हाइड्रोजन बिक्री गरे पुग्छ । एमोनिया बिक्री गरे पुग्छ । हामीले पानीको सदुपयोग गरेर बिजुली उत्पादन गर्न सक्याैँ भने र त्यसबाट हाइड्रोजन, एमोनिया बनाएर विश्व बजारमा प्रतिस्पर्धी भएर पुर्‍याउन सक्यौँ भने नेपालको समृद्धि त्यहीँ छ ।

    नेपालको विकासको एउटा सुन्दर भविष्य मैले त्यहीँ देखिरहेको छु । त्यस कारण यतातिर हामी सबैको ध्यान जानुपर्छ । जलवायु परिवर्तनका कारणबाट पार पाउनका लागि, कार्बन उत्सर्जन कम गर्नुपर्ने आवश्यकताकाे विकल्पको रूपमा हामीले एमोनिया र ग्रीन हाइड्रोजन प्रयोग गर्न सक्ने भएको हुनाले यसको पनि त्यत्तिकै महत्त्व छ ।’

    मन्त्री शर्माले हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने दृष्टिकोणले निकै नै महत्त्वपूर्ण रहेको बताएका छन् । यसमार्फत नेपाललाई विश्व बजारमा पहुँच वृद्धि गर्न र लगानी भित्र्याउन पनि सकिने उनले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया