• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    रुपन्देहीमा बाबुछोरानै चुनावी मैदानमा

    430
    SHARES


    काठमाडौँ। प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि आइतबार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।

    आफू नै संलग्न रहेको राजनीतिक दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पनि देखिएका छन् । यस्तै रोचक मनोनयन भएको छ रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा । यो क्षेत्रमा बाबु र छोराले स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिएको पाइएको छ । नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका फैज अहमद खाँनले क्षेत्र नं ३ को प्रदेशसभा सदस्य ‘क’ तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनकै छोरा २८ वर्षीय ईमदाद हुसेन खाँनले भने स्वतन्त्रतर्फ नै प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    सिद्धार्थनगर नगरपालिका-९ मा बस्दै आएका खाँन परिवारबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुबै पदको लागि स्वतन्त्र उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि जम्मा २४ जनाको उम्मेदवारी परेको छ । यीमध्ये ११ जनाको दलीय रुपमा उम्मेदवारी परेको १३ जनाको स्वतन्त्र रुपमा उम्मेदवारी परेको उनले जानकारी दिएका छन् ।

    यसै क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा उनले मनोनयन दर्ता गराएका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया