• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    कार्यक्रममै लफडा भएपछि ओली-प्रचण्डको आकस्मिक बैठक ! भयो यस्तो निर्णय

    9.9K
    SHARES

    काठमाडौं, ९ बैसाख ।

    नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवश तथा लेनिनको ११८ औं जन्मजयन्ती मनाउन एमाले-माओवादीले आयोजना गरेको कार्यक्रम सुरु नहुदै लफडा भएपछि २ पार्टीका शिर्ष नेताहरुको आकस्मिक वैठक बसेको छ ।

    कम्युनिष्ट पार्टीको स्थापना दिवस र लेनिनको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा लेनिन र माओको तस्वीरविनाको ब्यानर बनाएको भन्दै कार्यकर्ताहरुले लफडा सुरु गरेपछि बिबाद मिलाउन बैठक बसेको स्रोतको भनाई छ ।

    एमाले-माओवादीले आयोजना गरेको कार्यक्रममा ब्यानरमा कम्युनिष्ट पार्टीका गुरुहरुको तस्बिर मात्र नभएको हैन उक्त ब्यानरमा पार्टीको मार्गदर्शक सिद्धान्त र नारा पनि लेखिएको छैन ।

    नेपालका कम्युनिष्ट पार्टीहरुले ब्यानरको एकातिर ‘माक्सवाद, लेनिनवाद र माओवाद निन्दावाद’ र अर्को तिर ‘संसारका मजदुरहरु एक हौँ ।’ भन्ने कोटेशन र गुरुहरुका तस्विर राख्ने गर्छन

    बैठकमा केपी ओली र प्रचण्डले गल्ती स्वीकार गरेका छन् । कम्युनिस्ट पार्टीको स्थापना दिवसमा लेनिन र माओको तस्वीर विनाको ब्यानर बन्नुमा आफूहरुको गल्ती रहेको भन्दै दुबै पार्टीका शीर्ष नेताहरुले बैठकमा गल्ती स्वीकार गरेका हुन् ।

    आफूहरुले ब्यानर बनाउन निर्देशन दिँदाखेरी नै कस्तो बनाउने भनेर निर्देशन दिनुपर्नेमा सो नगरिएकाले यस्तो परिस्थिति आएको भन्दै ओली र प्रचण्ड दुबैले यसमा अरुको नभई दुई अध्यक्षकै कमजोरी रहन गएको बैठकमा बताएका छन् ।

    बैठकले अब एमाले र माओवादी दुबै पार्टीका आआफ्नै ब्यानरहरु राखेर कार्यक्रम अघि बढाउने निर्णय गरेको एक माओवादी नेताले बताए ।ति नेताका अनुसार एमालेका तर्फबाट पुरानै बोर्ड राखिने भएको छ भने माओवादीका तर्फबाट राखिने अर्को ब्यानर तयार भइरहेको छ ।

    काठमाडौंका सभागृहमा १२ बजेदेखि गर्ने भनिएको संयुक्त कार्यक्रममा राखिएको बोर्डमा लेनिन र माओका तस्वीर नराखिएको भन्दै माओवादी कार्यकर्ताले नाराबाजी गरेपछि अढाइ बजेसम्म कार्यक्रम हुन सकेन । माओवादीको विरोधपछि कार्यक्रमस्थलबाट बोर्ड झिकिएको छ ।

    सुरुमा बोर्ड फेर्न माग गरेका कार्यकर्ताहरुले छिटो कार्यक्रम गर्न भन्दै कार्यक्रमस्थलमा नाराबाजी र होहल्ला गरिरहेका छन् भने दुबै पार्टीका नेताहरु ब्यानरको विवाद हल गर्न आन्तरिक छलफलमा जुटेका हुन् ।

    यो पनि पढ्नुहोस्

    एमाले-माओवादीको संयुक्त कार्यक्रममा गम्भीर लफडा, नेतृत्वबिरुद्ध हलमै नाराबाजी (भिडियोसहित)

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ