• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    कालिकोटका १३ जना मलामी हराएको पुष्टि

    644
    SHARES


    काठमाडौं । कालिकोटको तिलागुफा-४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिएका छन् ।

    गाउँका अन्य घरहरु पनि पहिरोको जोखिममा परेकाले केही स्थानीयवासी कालिका माविमा आश्रय लिएर बसेको पनि प्रजिअ शर्माले बताएका हुन् । ‘त्यहाँ करिब १०० घर छन् । बालबालिकाहरुसमेत गरी ५ सय जतिले स्कुलमा आश्रय लिएर बसेको अनुमान छ,’ प्रजिअ शर्माले भने । मौसम सुधार भएपछि हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गर्ने तयारी पनि गरिएको उनले जानकारी दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया