• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    कालिकोटमा मलामी गएका १५ जना सम्पर्क विहीन

    654
    SHARES


    काठमाडौँ। कालिकोटको तिलागुफा नगरपालिका-४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् ।

    स्थानीय युवक हेमराज शाहीको मलामी गएका उनीहरूलाई माथिबाट पहिरोले बगाएको भन्ने स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ गइरहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिएका छन् ।

    शर्माका अनुसार अहिले प्रहरी घटनास्थल जाँदै गरेको र यसबारे थप विवरण आउन बाँकि रहेको उनले बताए । यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन् । उनीहरू सबै अहिले त्यहाँको कालिका माविमा बसिरहेको पनि शर्माले बताए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया