• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    रेशम चौधरीले जेलबाटै दिए बर्दिया २ बाट उम्मेदवारी

    1.1K
    SHARES


    काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराए ।

    मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उनले वारेसमार्फत आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी दर्ता उनको प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो ।

    २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमतले विजयी भएका उनलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताउँदै आएका छन् । हाल सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । उनी २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्रमा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिएकी छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया