• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    अब ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने हो : गगन थापा

    878
    SHARES


    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन पछि सरकारको मूल नेतृत्वको दाबी गर्ने बताए ।

    काठमाडौं ४ बाट उम्मेदवार दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने उनले बताएका हुन् । ‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला,’ थापाले भनेका छन् ।

    निर्वाचन क्षेत्रका नियमित दायित्वका विषयसँगै सरकार तथा पार्टीको मूल नेतृत्व दाबी गर्ने समय आफ्नो लागि आएको उनले बताए । जोश र आवश्यक अनुभव भएकाले मूल नेतृत्वमा दाबी रहेको उनले बताएका छन् ।

    आफ्नो उम्मेदवारी पुरानो पुस्ताका नेताको सम्मानजनक बहिर्गमनको लागि रहेको बताएका हुन् । काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले

    काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई पहिचान दिएको उल्लेख गर्दै भने, ‘यो ठाउँबाट प्रतिनिधित्व गर्न पाउँदा मलाई गौरव लाग्छ। यहाँको माटोले मलाई बाँधेको छ। यो क्षेत्रका लागि मैले गर्ने भन्दा पनि यो ठाउँलेनै मलाई धेरै पहिचान दिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया