• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Highlights राजनीति समाचार

    कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार म हुँ : डा. शशांक कोइराला

    711
    SHARES


    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले पूर्वी नवलपरासी वडा नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्  ।

    आज आइतवार निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा पुगेर काेइरालाले मनोनयन दर्ता गराएका छन् ।

    मनोनयन दर्तापछि पत्रकारसँग कुरा गर्दै उनले चुनावपछि आफू प्रधानमन्त्री बन्ने दाबी पनि गरे ।

    पार्टीभित्र आफूले अबको प्रधानमन्त्रीको उम्मेदवार आफू हुने कुरा गरिसकेको भन्दै उनले  चुनाव जितेपछि प्रधानमन्त्री बन्ने बताएका छन्  ।

    कोइराला यसअघि तीन पटक निर्वाचित भइसकेको क्षेत्रबाट चौथो पटक चुनावी मैदानमा छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया