• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    इरान भन्छ : अमेरिकी प्रतिबन्धले नागरिकको स्वास्थ्यमा असर गरेको छ

    393
    SHARES


    काठमाडौँ। संयुक्त राज्य अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धका कारण सबै इरानी नागरिकको जीविकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर परेको इरानले दावी गरेको छ ।

    इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले वासिङ्टनले लगाएको अन्धाधुन्ध प्रतिबन्धका कारण इरानी अधिकारी र सर्वसाधारण व्यक्तिहरूसमेत निशानामा परेको र यसले उनीहरूको जीविकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर पारेको बताएका छन् ।

    कनानीले इन्स्टाग्राममार्फत गरेको सन्देशमा लेखेका छन्, ‘हरेक दिन एउटा बहानामा इरान विरुद्ध प्रतिबन्धको नयाँ सूची जारी गरिन्छ ।’ यस पटक इरानी गृहमन्त्री, सञ्चारमन्त्री र अन्य पाँच इरानी अधिकारीलाई अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ ।

    एपिडर्मोलिसिस बुलोसा (ईबी) बाट पीडित बालबालिकालाई समेत ‘एकपक्षीय, गैर-कानूनी, अन्यायपूर्ण प्रतिबन्धहरू’ बाट छुट दिइएको छैन । बिहीबार अमेरिकी वित्त विभागले राजधानी तेहरानमा प्रहरी हिरासतमा एक युवतीको मृत्यु पछि ‘विरोध प्रदर्शनलाई दबाएको’ भन्दै इरानका आन्तरिक तथा सञ्चार मन्त्रीहरू क्रमशः अहमद वाहिदी र इसा जारेपोर तथा अन्य पाँच इरानी सुरक्षा अधिकारीहरू विरुद्ध नयाँ प्रतिबन्धहरू जारी गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया