• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    उम्मेदवारी दर्तापछि रेखा थापाले भनिन् : यो युवाले गरेको विद्रोह हो

    523
    SHARES


    काठमाडौँ। राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् ।

    आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन् । थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाएका छन् ।

    उम्मेदवारी दर्तापछि रेखा थापाले फेसबुकमा यस्तो लेखेकी छन् :

    मेरो राजनीतिक यात्रा समयको माग हो , आज मोरङका जनताको सेवाका लागि, विगत ३० वर्षदेखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीका लागि गरेको काम हेर्दा, समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो ।

    अब पनि हामी नबोले, हामीले आवाज नउठाए कस्ले उठाउँछ ? देश बनाउन कसम खाएका नेताहरुले देश त परै जावस् आफ्नो समाजको लागि सम्म पनि उत्तरदायी बन्न किन सकेनन् ? किन हामी मोरङवासी सँधै देशको, राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परिएका छौ त ? यस्तै तमाम समस्याले गर्दा मैले, मोरङ क्षेत्र नै ३ बाट यूवा विद्रोहको रुपमा उम्मेदवारी दिएकी छु । रंगमञ्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो अव नेपाली समाजको, मोरङबासीको , आमाहरू अनि छोरीहरुका लागी विशेष योजना सहित विशेष काम गर्नेछु ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया