• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    सुर्य चिह्नबाट उम्मेदवारी दिने कमल थापाको तयारि पछि मकवानपुर एमालेमा असन्तुष्टि

    424
    SHARES


    काठमाडौँ। मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर-१ मा कमल थापा सूर्य चुनाव चिह्नबाट उम्मेदवार बन्दैछन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाको टिकट खोसेर थापालाई सूर्य चिह्नबाट उम्मेदवारी दिन सघाउने सहमति भएको हो ।

    केन्द्रीय सदस्य रानाको टिकट खोसिएपछि मकवानपुर एमालेमा भने असन्तुष्टि देखिएको छ । सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताहरुले आफ्ना असन्तुष्टि पोखिरहेका छन् । पुराना र निष्ठावान नेताको टिकट खोसिएको भन्दै नेता कार्यकर्ताले असन्तुष्टि जनाई रहेका हुन् ।

    राप्रपा महामन्त्री राजाराम बर्तौलाका अनुसार भेटमा मकवानपुर-१ को प्रतिनिधि सभा सदस्यमा एमालेले कमल थापालाई समर्थन गर्ने सहमति भएको छ । एमालेले यो क्षेत्रबाट जिल्ला इञ्चार्ज समेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो ।

    एमाले वाग्मती प्रदेश इञ्चार्ज काशीनाथ अधिकारीले थापा सूर्य चिह्न लिएर चुनाव लड्ने निश्चित भएको बताए । एमाले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने भन्दै यसअघि पार्टी अध्यक्ष ओलीकहाँ डेलिगेसन नै गएको थियो । तै पनि अन्तिम समयमा पनि ओलीले थापालाई सूर्य चिह्न दिएर उम्मेदवार बनाउन लागेका हुन्ला ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया