• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    गठबन्धनको सहयोगमा रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिदै घनश्याम भुसाल

    417
    SHARES


    काठमाण्डाै। नेकपा एमाले छाडेका नेता घनश्याम भुसालले रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    रुपन्देहीमा रहेको आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर भुसालले आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    उनले आफूले नेपालको बाम आन्दोलनलाई नयाँ उचाईमा उठाउनको लागि पनि उम्मेदवारी दिएको बताए । उनले आफूलाई सत्ता गठबन्धनका दलको समर्थन रहने पनि बताएका छन् ।

    उनले  गठबन्धनको सहयोगमा उम्मेदवार बनेकाले आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरे। सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १ माओवादीको भागमा परेको छ । माओवादीले घनश्याम भुसालले उम्मेदवारी दिएमा सहयोग गर्ने बताइसकेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया