• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    भीम रावललाई टिकट नदिएपछि एमालेका ४० नेताद्वारा सामुहिक राजिनामा

    1.3K
    SHARES


    अछाम । नेकपा (एमाले) ले आगामी निर्वाचनमा नेता भीम रावललाई नदिएको विरोधमा ४० नेताहरुले सामुहिक राजिनामा दिएका छन् ।

    प्रतिनिधिसभाको लागि रावल एकल सिफारिस भएका थिए । तर, पार्टी केन्द्रले रावललाई पछ्याउँदै झपट बोहरालाई टिकट दिएको छ ।जिल्लाबाट एकल सिफरिस हुँदा पनि टिकट नदिनु हदैसम्मको पूर्वाग्रह भएको बताउँदै जिल्लाका ४० नेताहरुले सामुहिक राजिनामा दिएका हुन् । राजिनामा दिने निर्वाचन क्षेत्र समितिको संयोजकदेखि चारजना सचिवालय रहेका छन् । अरु नेताहरु जिल्ला सदस्यदेखि इकालाका र पालिकाको जिम्मेवारी समालेका रहेका छन् ।

    “पार्टी केन्द्रीय कमिटीको अन्तर पार्टी निर्देशिन अनुसार नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज झपट बोहराको प्रमुख अतिथ्यतामा मिति २०७९ भदौ १९ गते अछाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १, क्षेत्रीय समन्वय कमिटिीको बैठकले प्रतिनिधिभास सदस्य क्षेत्र १ को लागि उम्मेदवारको रुपमा डा. भीमबहादुर रावलको एकल नाम सर्वसम्मत सिफरिस गरिएता पनि पार्टी केन्द्रल टिकट बितरण गर्दा तल्लो कमिटीद्वारा गरिएको सर्वसम्मत निर्णयको बेवास्ता तथा पार्टी नेता, कार्यकर्ता एवं जनभावनाको विपरित निर्णय भएकोले घोरभत्सर्ना गर्दै हामी तपसिल बमोजिका व्यक्तिहरु आ-आफ्नो पदीय जिम्मेवारीबाट आजैका मितिदेखि लागु हुनेगरी सामुहिक राजिनामा गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

    राजिनामा दिनेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली रहेका छन् त्यस्तै जिल्ला सदस्यहरु दुधकला विष्ट, टंक रावल, बलबहादुर कुँवर, शंकर भुल, रविन्द्र शाह, सुरत भुल, झंकर कुँवर, कमल साउँद, कमला दे िताम्राकारलगायत रहेका छन् ।

    एमालेले टिकट नदिएपछि अर्का नेता घनश्यम भुसालले त पार्टी परित्याक गरेको घोषणा गरिसकेका छन् । उनले सामाजिक संजालमा एमाले विधामा चल्ने आशा मरिसकेको बताउँदै पार्टी नै परित्याक गर्नुपरेको बताएका छन् । उनले यसको सबै दोषी अध्यक्ष केपी शर्मा ओली रहेको पनि बताए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया