• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    लमजुङकाे मेमे घुम्न जाँदा बेपत्ता भएकी एक युवतीको शव भेटियो

    532
    SHARES


    लमजुङ। चार हजार ८ सय मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता भएकी एक युवतीको शव आज भेटिएको छ ।

    दशैँ मनाउनका लागि ऐतिहासिक एवम् पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता भएकी बेसीसहर नगरपालिका-१० साँधुकी २४ वर्षीया शर्मीला तामाङको शव फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमालका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले त्याे ठाउँ नजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो । यसअघि मृतक युवतीका श्रीमान् सर्लाही लालबन्दीका २६ वर्षीय बुद्ध तामाङको त्यही क्षेत्रमा लेक लागेर ज्यान गएकाे थियाे ।

    शर्मीलाका बुबा ५० वर्षीय खेमबहादुर तामाङ, भाइ १६ वर्षीय च्याम्बो तामाङ र काकाको छोरा १९ वर्षीय करण तामाङको प्रहरीले उद्धार गरेको छ । तीनैजना करिब चार हजार मिटर उचाइको च्यार्बोमा रहेकाे भेडीगोठमा भेटिएका प्रहरीले जनाएको छ । बेसीसहरबाट याे पोखरी पुग्न तीन दिन लाग्छ । उनीहरु असोज १६ गते त्यसतर्फ गएका थिए । फर्किने क्रममा शर्मीला र उनका  श्रीमान् बुद्धको ज्यान गएकाे हाे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया