• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    गायक संजय श्रेष्ठले छाडे राप्रपा, स्वतन्त्र उम्मेदवारी दिने

    342
    SHARES


    काठमाडौं । गायक संजय श्रेष्ठले राप्रपा छाडेको घोषणा गरेका छन् । मंसिर ४ गते हुने संसदीय चुनावको टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेको जनाएका हुन् ।

    फेसबुक स्टाटसमा उनी लेख्छन्, ‘भोलि म आफू पनि स्वतन्त्र रुपमा मनोनयन पत्र दाखिल गर्दैछु । राप्रपालाई यदि म जस्तो व्यक्तिको यदि आवस्यकता छैन भने मेरो भन्नू केही छैन, म आफै राप्रपा छोडेको घोषणा गर्दैछु र म जस्ता हजारौंले आउने दिनमा यहि क्रम दोहोर्‍याउने छन् । भोलिको दिनमा के हुन्छ भन्न सकिन्न ।’

    स्वतन्त्रबाट चुनाव लड्ने घोषणा गरेको उनले अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पहिले नै टिकट दिने प्रतिबद्धता जनाएको तर वचन पुरा नगरेको पनि जनाएका छन् । उनी अघि भन्छन्, ‘कसैले पनि आफ्नो उम्मेदवारी दिन हच्किरहेको समय देखि नै मैले आफ्नो स्वघोषणा गर्दै त्यसपछिका दिनमा मैले राप्रपालाई आफू उठ्छु भन्ने जानकारी गराएको थिएँ । त्यस बिचमा आफ्नै आँखा अगाडि कैयन जना त्यस पार्टीमा भित्रिए , सिधै विभिन्न पद पाए …तर म र म जस्ता पार्टीमा आस्था राख्ने अरु धेरै व्यक्तिहरुलाइ नजरअन्दाज गरियो ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया