• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    निर्वाचनका दिन पनि सवारीसाधन चलाउन पाइने

    513
    SHARES


    काठमाडौँ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चालन गर्ने व्यवस्था यसपटक नरहेको जानकारी दिएको हो ।

    निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामान्य दिनमा जस्तै गरी सवारी सधान सञ्चालन नभए पनि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, गृह मन्त्रालयसँगको समन्वयमा यातायातका साधनलाई सञ्चालन अनुमति दिइनेछ । अघिल्ला निर्वाचनमा सवारीसाधन सञ्चालनमा बन्देज हुँदा विभिन्न समस्या आएकाले आयोगले यस्तो निर्णय गरेको हो ।

    सवारीसाधन सञ्चालन अनुमति पत्र लिन भीड लाग्ने र विभिन्न दलहरूले वृद्ध वृद्धालाई मतदान स्थलसम्म ल्याउन अप्ठ्यारो भयाे भन्ने गुनासो आएपछि नियन्त्रित रूपमा सवारीसाधन खुला गरिएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया