• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    पहिरोका कारण सल्यानमा दुई जनाको मृत्यु, २ दर्जन बढी परिवार विस्थापित

    769
    SHARES


    काठमाडौँ। अविरल वर्षापछिको पहिरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । १२ घर भत्किएका छन् भने दुई दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् ।

    जिल्लाको शारदा नगरपालिका ८ मार्केमा घर नजिकै पहिरोले पुरिएर १३ वर्षीय बालक अजय बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताए । उनका अनुसार छहरेखोलामा रहेको खानेपानीको मुहान सफा गर्न गएको बेला ढुंगाले लागेर त्रिवेणी गाउँपालिका ४ गैरागिठीका ४४ वर्षीय चन्द्रबहादुर पुनको पनि मृत्यु भएको छ ।

    यस्तै अविरल वर्षात्‌का कारण कपुरकोट गाउँपालिका ५ सल्लामका केशरसिं राना, वीरबहादुर राना, बिजयसिं बुढा, छत्रेश्वरी गाउँपालिका १ दमाचौर जिउलाका राजकुमार शर्मा, बाग्चौर नगरपालिका ९ चारगाउँका जंगबिर बुढा, नोखिराम ओली, दार्मा गाउँपालिका ५ ढाकाडामका जयबहादुर केसी, पैयाडाँडाका लालबहादुर ओली, शारदा नगरपालिका २ का प्रमोद श्रेष्ठ, कालिमाटी गाउँपालिका १ चोत्रेका कृष्णबहादुर खत्री, उजेली डाँगीको घर भत्किएको उनले जानकारी गराए । उनका अनुसार शारदा नदीले त्रिवेणी गाउँपालिका २ शंखपीपलका प्रेमबहादुर घर्तीको घर र छत्रेश्वरी गाउँपालिकाको भोटेचौरमा निर्माण गरेको मानिस हिँड्ने पुल बगाएको थियो ।

    शारदा नदीमा आएको बाढीका कारण उच्च जोखिममा परेका त्रिवेणी गाउँपालिका २ शंखपीपलका सहदेव पुनमगर, तेजबहादुर घर्ती, कविलाल घर्तीलगायतका परिवार विस्थापित भएका प्रनाउ केसीले बताए । ‘विस्थापित भएका सबैलाई अहिले सुरक्षित स्थानमा लगेर राखिएको छ,’ उनले भने ।

    वर्षात्‌का कारण ठाउँठाउँमा पहिरोले जिल्लाका ग्रामीण सडक क्षतविक्षत बनाउँदा गाडी संचालन हुन सकेको छैन । राप्ती राजमार्गमा भने डोजरले निरन्तर पहिरो हटाइ गाडी संचालन जारी राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जनाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया