• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    ओलीलाई फोन गरेर अष्टलक्ष्मीले भनिन् : म चुनाव लड्दिनँ, विकल्प सोच्दा हुन्छ

    543
    SHARES


    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको टिकट अस्वीकार गरेकी छन् । अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार टेलिफोन गरेर विकल्प खोज्न आग्रह गरेकी छन् ।

    ‘फेरि यस्तो कुरा नगर्नुहोस्, मैंले अब संसदीय राजनीतिबाट बिदा लिन्छु भनेको छु’, शाक्यले भनिन्, ‘विकल्प खोज्न पनि आग्रह गरेको छु ।’ एमालेले शाक्यलाई काठमाडौं-८ बाट प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।

    उपाध्यक्ष शाक्यले उम्मेदवारको आकांक्षा समेत राखेकी थिइनन् । ‘एउटै व्यक्तिले कति चुनाव लड्ने, कतिपटक मन्त्री र प्रधानमन्त्री हुने ?’ उनले भनिन्, ‘जनता दिक्क भइसके । अब नयाँलाई अवसर दिनुपर्छ, अवसर नपाएकालाई अवसर दिइनु राम्रो हो ।’

    टिकट वितरणको अधिकार ओलीलाई दिने निर्णय गरेको सचिवालय बैठकपछि पनि उपाध्यक्ष शाक्यले आफू चुनाव नलड्ने बताएकी थिइन् । ‘महिलालाई उम्मेदवार बनाउन सक्नु हुन्न भने पुरुष भए पनि नयाँ आओस् भनेको थिएँ, तर फेरि मलाई नै उम्मेदवार बनाउने भन्ने आयो’, शाक्यले भनिन् ।

    शाक्यले कुनै हालतमा संसदीय राजनीतिमा नफर्कने अडान लिएपछि ओली विकल्प खोज्न तयार भएका छन् । ‘फेरि दबाव नदिनुहोस् भनेपछि अध्यक्ष कमरेडले पनि ल ठिकै छ भन्नुभयो’, शाक्यले भनिन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया