• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    जित्ने उम्मेदवारलाई पराजित उम्मेदवारले खुसीका साथ माला लगाइदिने वातावरण बनाऔं : आयुक्त थपलिया

    449
    SHARES


    काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जित्ने उम्मेदवारलाई पराजित उम्मेदवारले खुसीका साथ माला लगाइदिने वातावरण बनाउन आग्रह गरेका छन् । आयोगद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताएका हुन् ।

    ‘निर्वाचनलाई साँच्चै नै मर्यादित बनाउने हो । मत गणना र नतिजा प्राप्त भएपछि जित्ने उम्मेदवरलाई खुसीका साथ पराजित उम्मेदवारले माला लगाइदिने वातावरण बनाऔं । यसले लोकतन्त्र र आवधिक निर्वाचन सबैको उद्देश्य पूरा हुन्छ,’ उनले भने ।

    मतदानको अधिकारलाई सुरक्षित राख्‍न र मतदानलाई कुनै पनि तरिकाबाट प्रभावित गर्नेहरूलाई कुनै पनि किसिमको दण्ड तथा कारबाहीका लागि आयोग तत्परताका साथ लागू गर्ने थपलियाले बताएका हुन् । प्रमुख आयुक्त थपलियाले विभिन्न मतदानस्थलहरुमा सुरक्षा अवस्था हेरेर वर्गीकरण गरिएको बताए । आयोगले निर्वाचन केन्द्रको अवस्था हेरेर सामान्य, संवेदनशील र अति संवेदनशीलको रुपमा वर्गीकरण गरेको छ ।

    उनले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि आयोग प्रतिबद्ध रहेको पनि बताए । यस्तै, निर्वाचन खर्च सीमा पालनाको अनुगमन पनि गरिरहने र सञ्चारकर्मीहरलाई पनि सुक्ष्म रुपमा अनुगमन गरिदिन आग्रह गरेका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया