• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    भीम रावलले टिकट नपाएको भन्दै नगर कमिटीद्वारा सामुहिक राजिनामा

    782
    SHARES


    काठमाडौँ । प्रतिनिधिसभातर्फ अछाम-१ काे टिकट वितरणामा असन्तुष्टि व्यक्त गर्दै नेकपा (एमाले) साँफेबगर नगर कमिटीले सामुहिक राजिनामा गरेकाे छ ।

    प्रतिनिधिसभा सदस्य सिफारिसमा तल्लाे कमिटीकाे सर्वसम्मत निर्णयलाइ वेवास्ता गरेर नेता, कार्यकर्ता र जनभावनाकाे विपरित निर्णय गरिएकाे नगर कमिटीकाे आरोप रहेको छ । साँफेबगर नगरपालिका एमाले नेता डा. भीमबहादुर रावलकाे गृह नगर हाे ।

    नगर कमिटी अध्यक्ष ड.ढकेन्द्र कुँवर, उपाध्यक्ष ललित नेपाली, उपसचिव सिताकुमारी बाेगटी र यदिम मियाँ, नगरका सचिवालय सदस्य र अन्य सदस्य गरेर ८१ जनाले सामुहिक राजिनामा गरेका छन् । उक्त राजिनामा पत्र पत्रमा नाम, पद र वडा नम्बर समेत उल्लेख गरिएको छ ।

    अछाम जिल्ला कमिटीले भीम रावललाई अछाम-१ प्रतिनिधिसभा उम्मेदवारका लागि एकल नाम सिफारिस गरेको थियाे । तर शुक्रबार मात्रै एमालेले रावलको ठाउँमा अछाम-१ बाट झपट बोहरालाई टिकट दिएको छ । यसअघि एमाले अछाम-१ का क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले संयोजक पदबाट राजिनामा गरिसकेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया