• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    भीम रावल र घनश्याम भुसाललाई गठबन्धनबाट चुनाव लड्न प्रस्ताव

    616
    SHARES


    काठमाडौँ। एमालेले टिकट नदिएपछि नेता भीम रावल र घनश्याम भुसाललाई सत्ता गठबन्धनले गठबन्धनको तर्फबाट निर्वाचन लड्न आग्रह गरेका छन् । रावल अछाम १ तथा रुपन्देही १ र ३ मा सिफारिस भएका भुसाललाई ति क्षेत्रमा एमालेले अन्य उम्मेदवार उठाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले रावल र भुसाल दुवैलाई आफ्नो कित्ताबाट निर्वाचन लड्न आग्रह गरेका हुन् ।

    रावल र भुसाल दुवै अहिले आ-आफ्ना जिल्लामा रहेका छन् । भुसालले शनिबारै एमाले परित्याग गरेको घोषणा गरिसकेका छन् । उनले ४५ बर्षदेखि एमालेमा रहेर सम्पुर्ण सामर्थ्य लगाएपनि एमालेमा नीति र विधि पुर्नस्थापना नहुने देखेर एमाले छाड्ने निष्कर्षमा पुगेको बताएका छन् ।

    एमाले छाडेको घोषणासँगै उनले राष्ट्रको सर्वोपरि हितका लागि उत्तिकै सक्रिय रहने पनि गरेका छन् । ‘ नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यबद्धता रहनेछ’, भुसालले भनेका छन्, ‘राष्ट्रको सर्वोपरि हितका लागि म उत्तिकै सक्रिय रहने छु । कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं ।’

    भुसालको यो भनाइबाट उनी राजनीतिमा कुनै न कुनै रुपमा सक्रिय रहने बुझिएको छ । तर तत्काल कुन पार्टीमा आवद्ध हुने भन्नेबारे भने उनले केहि खुलाएका छैनन् । तर भुसाल निकट स्रोतहरूका अनुसार भुसाललाई सत्ता गठबन्धनले गठबन्धनमा आवद्ध दलका चुनाव चिह्नबाट चुनाव लड्न आग्रह गरिरहेका छन् । ‘

    नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र दुवै दलका शीर्ष नेताले चुनाव लड्न आग्रह गरिरहनुभएको छ । तर उहाँले अहिलेसम्म कुनै निर्णय गर्नुभएको छैन’, भुसाल निकट स्रोतले भन्यो । यता माओवादी र समाजवादीको सल्लाहअनुसार नै रुपन्देही १ मा भुसाललाई चुनाव लडाउन उपयुक्त हुने गठबन्धनमा छलफल भएको छ । ‘गठबन्धनका शीर्ष नेताहरुले फोनमार्फत चुनाव लड्न प्रस्ताव गरिरहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया