• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    इरान भान्छ : रुसलाई हतियार पठाएको छैनौं

    407
    SHARES


    काठमाडौँ। इरानले रुसलाई हतियार नपठाएको स्पष्ट गरेको छ । इरानका विदेशमन्त्रीले सो कुरा बताएका हुन् ।

    रुस र युक्रेनको द्वन्द्वको सङ्कटका बेलामा इरानले रुसलाई हतियार सहयोग गरेको सूचना आएको थियो । सो सूचनाको खण्डन गर्दै इरानले रुसलाई हतिपार नपठाएको इरानले स्पष्ट गरेको हो ।

    इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनले उनका फिनिस समकक्षीसँगको फोन वार्ताका क्रममा सो कुराको जानकारी गराए । अब्दुल्लाहले आफ्ना फिनिस समकक्षी पेका हाभिस्तोसँग रुस युक्रेन युद्धका क्रममा इरानले रुसलाई हतियार दिएको छैन र आगामी दिनमा पनि इरानले रुसलाई हतियार नपठाएको इरानी विदेश मन्त्रालयले जनाएको छ ।

    युक्रेनले यसअघि पनि रुसलाई इरानले हतियार पठाएको बताउँदै आएको थियो । हालैमात्र पनि युक्रेनका विदेशमन्त्रीले इरानको यो व्यवहार युक्रेनसँगको सत्रुतापूर्ण व्यवहार रहेको बताए । यस वर्षको सुरुआतदेखि रुसले युक्रेनमाथि हमला गर्दै आएको छ । सो हमलाको पश्चिमा देशहरुले कडा विरोध गरेका छन् । अमेरिका, बेलायत, फ्रान्स लगायतका देशले रुसको सो कार्यको विरोध गरेका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया