• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    युवालाई पालो दिने भन्दै सभामुख सापकोटाद्वारा उम्मेदवार नबन्ने घोषणा

    672
    SHARES


    काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नलड्ने घोषणा गरेका छन् । सभामुख सापकोटाले कार्यकक्षमा पत्रकारहरूसँग भेटघाटका क्रममा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

    युवाहरूलाई मौका दिन यसपटक आफू उम्मेदवार नहुने उनको भनाइ रहेको छ । लगातार ३ पटक चुनाव जित्ने अवसर पाएको र युवा पुस्तालाई अगाडि बढाउन आफूले यो कदम चालेको सापकोटाले भनाइ रहेको छ ।

    उनले भने, ‘सिन्धुपाल्चोक १ मा मेरो नाम सिफारिस पनि भएको थियो । गठबन्धन भएकोले जित्ने सम्भावना पनि थियो । तर युवालाई अगाडि बढाउनुपर्छ भनेर मैले यो निर्णय गरेको हुँ । म फरक भूमिकाबाट काम गर्नेछु ।’

    उनले आफूले निकै बिचार गरेर युवालाई अगाडि बढाउन यो निर्णय गरेको बताएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया