• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    उत्तराखण्ड हिमपहिरोमा परि मृत्यु हुनेको संख्या २६ पुग्यो

    363
    SHARES


    काठमाडौँ। उत्तराखण्डको द्रौपदीको डाँडा-२ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

    नेहरू पर्वतारोहण संस्थान (एनआईएम) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हिमपहिरोका कारण दुई प्रशिक्षक र २७ प्रशिक्षार्थीसहित २९ जना बेपत्ता परेको जनाएको छ ।

    २६ जनाको शव फेला परेपछि बाँकी ३ जनाको खोजी कार्य जारी रहेको छ । एनआईएमका अनुसार अक्टोबार ४ तारिखमा कुल चार शव फेला परेको थियो जसमा दुई प्रशिक्षक र दुई प्रशिक्षार्थी थिए ।

    अक्टोबार ६ मा १५ प्रशिक्षार्थीको शव र ७ तारिखमा मा ७ प्रशिक्षार्थीको शव निकालिएको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया