• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    एमाले-राप्रपा सहमति बारे ओलीले बाहिर नभन्नु भन्नुभएको छ : बुद्धिमान तामाङ

    714
    SHARES


    काठमाडौं । एमाले र राप्रपा चुनावी तालमेल गर्न सहमत भएका छन् ।

    अध्यक्ष राजेन्द्र लिङ्देनसहित एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका राप्रपा नेताहरुले सिटसंख्या र स्थानसमेत टुंगो लगाउने गरी छलफल गरेका हुन् ।

    दुई पार्टीका अध्यक्षसहित नेताहरुबीच आसन्न चुनावमा एमाले-राप्रपा तालमेलबारे छलफल भएको हो ।

    राप्रपा नेता बुद्धिमान तामाङले दिएको जानकारी अनुसार अब दुई पार्टी मिलेर चुनाव लड्ने पक्का भएको छ ।

    ‘अब कुनै दुई मत छैन,’ तामाङले भने, ‘कति सिटमा कहाँ कहाँ कुरा मिल्यो भनेर उहाँ (ओली) ले अहिले बाहिर नभन्नु भन्नुभएको छ ।’

    तामाङले भोलि बिहान १० बजेभन्दा अगावै सिट सूची सार्वजनिक हुने बताए । बालकोट जाने नेताहरुमा लिङ्देनसहित प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया