• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    पश्चिम तराईमा अविरल वर्षा

    395
    SHARES


    काठमाडौँ। पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

    पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरूमा केही दिन यता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको हो ।

    वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । गत मंगलवार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरूको महान पर्व बडा दशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरू बताउँछन् ।

    देशभर नै चाड पर्वको समयमा आफन्त,इष्टमित्र,मान्यजनको हातको टीका थाप्न र आर्शिवाद लिन वर्षाका कारण कठिनाइ भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदलि रहनेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया