• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार सुदुरपश्चिम

    भीम रावल भन्छन् : उम्मेदवारको आधिकारिकता बुझ्दैछु, त्यसपछि बोल्छु

    644
    SHARES


    काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले अछाम १ बाट कसले टिकट पाएको हो ? भन्ने आधिकारिकता बुझिरहेको बताएका छन् ।

    उनले अछाम १ मा कसले टिकट पायो भन्ने आधिकारिकता पुष्टि नभएसम्म कुनै प्रतिक्रिया नदिने पनि बताएका छन् ।

    रावलको निर्वाचन क्षेत्रमा एमालेले माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ ।

    रावलको निर्वाचन क्षेत्रसहित सुदूरपश्चिमका प्रतिनिधि सभातर्फका सबै (१५) निर्वाचन क्षेत्रमा उम्मेदवार तोकिसकेको छ ।

    ‘म पनि सञ्चारमाध्यमहरू हेर्दैछु । आधिकारिकता के हो भन्ने बुझ्दैछु’, रावलले भने, ‘वास्तविकता के हो भन्ने पुष्टि भएपछि मात्रै मैले बोल्नुपर्ने कुरा बोल्छु ।’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया