• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता, किन रोकियो उद्धार टोली बाटोमै ?

    422
    SHARES


    काठमाडौँ। प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् ।

    माण्डवी गाउँपालिका ४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारीएका हुन् । पहिरोमा बमबहादुरसहितउनको श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएको वडाध्यक्ष घर्ती मगरले बताए । पहिराे गएकाे ठाउँ नजिकै रहेका तीन वटा घरका भने परिवारलाई अन्यत्र सारिएको छ ।

    पहिरो आउन थालेपछि घरका सामान ओसार्ने क्रममा बमबहादुरका परिवारलाई पहिरोले पुरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । पहिरोले सडक बन्द भएको र खोला बढेका कारण ६ घण्टासम्म पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विपद् प्रतिकार्यको उद्धार टोली घटनास्थलसम्म पुग्न सकेको छैन ।

    उद्धार टाेली आज घटनास्थलमा पुग्न सक्ने सम्भावना कम रहेको प्रमुख जिल्ला अधिकारी नेपालले बताइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया