• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    पूर्व राज्यमन्त्री ओझाद्वारा स्वतन्त्र उम्मेद्वारी घोषणा

    620
    SHARES


    काठमाडौँ। निर्वाचन क्षेत्र नम्बर ५ मा पूर्व राज्यमन्त्री रही सकेका पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

    शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघीय सांसदका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन । मंसिर ४ गते हुने चुनावमा कैलाली ५ का मतदाताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न चुनावमा उठ्न लागेको ओझाले बताएका छन्। उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा मेरो उम्मेदवारी रहने बताउँदै यहाँका मतदाताका माझ साझा उम्मेदवार भएर भोट माग्न जाने बताएका हुन् ।

    ओझाले निर्दलीय व्यवस्थाका विरुद्ध विगतमा आन्दोलन गरेको स्मरण गर्दै अहिले निर्दलीय उम्मेदवार भएर चुनाव लड्नु पर्ने परिस्थिति बनेको बताउँदै गलत प्रवृत्तिका विरुद्ध आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताए। नेपाली काँग्रेसका नेतासमेत रहेका ओझाले आफू दुई वर्षदेखि स्वतन्त्र भएको बताएका छन्।

    उनले आफू बहुदलका लागि विगतमा लडेको जेल बसेको भए पनि नियतिले दल बिहिन बनाएकाले मंसिर ४ को चुनावले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताको सामुन्ने जाने अवसर प्रदान गरेको बताएका छन्। ओझाले सर्वपक्षीय उम्मेदवार बनेर भोट माग्ने र मतदाताले चुनाव जिताउने विश्वास समेत् व्यक्त गरेका छन्।

    उम्मेदवारी घोषणा पूर्व यस क्षेत्रका मतदातासँग छलफल गरेर सबैको सहयोग र समर्थनमा उम्मेदवारी घोषणा गर्न पुगेको ओझाले बताएका छन्। नेपाली काँग्रेस पार्टीले आफूप्रति गरेको व्यवहारका कारण स्वतन्त्र उठ्ने कठोर निर्णय गरेको ओझाको भनाइ छ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया