• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    अछाम-१ मा भीम रावलकाे टिकट खोसियो, रावलको ठाउँमा को ?

    465
    SHARES


    काठमाडौँ। नेकपा एमालेले अछाम-१ मा प्रतिनिधि सभा निर्वाचनका लागि भीम रावलकाे ठाउँमा झपटबहादुर बोहरालाई टिकट दिने भएको छ ।

    पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले रावलको स्थानमा बोहरालाई उम्मेदवार बनाउने निर्णय गरिएको बताएका छन् । २०७४ को निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार भीम रावल विजयी भएका थिए भने उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वारलाई पराजित गरेका थिए । रावल एमाले अध्यक्ष केपी ओलीको कटु आलोचकका रुपमा चिनिन्छन् ।

    गत महाधिवेशनमा उनले अध्यक्ष पदमा उम्मेदवारीसमेत दिएका थिए । यता बोहरा माओवादी केन्द्रबाट अछाम निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद थिए। नेकपामा विभाजनसँगै मन्त्री पदबाट राजीनामा दिएर उनी माओवादी केन्द्र छाडेर एमालेको ओली समूहमा लागेका थिए ।

    त्यस्तै अछाम २ मा यज्ञ बोगटीलाई उम्मेदवार बनाउने निर्णय गरिएको पनि उनले जानकारी दिएका छन् । उनले सुदूरपश्चिमका सबै स्थानमा उम्मेदवारको टुंगो लागेको पनि बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया