• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    पहिराेले घर बगाउँदा प्युठानमा ६ जना बेपत्ता

    630
    SHARES


    काठमाडौँ। प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् ।

    माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसाे १२ बजेतिर आएकाे पहिराेले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिएका छन् ।

    पहिरोमा बमबहादुरसहित उनकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएकाे वडाध्यक्ष घर्ती मगरले जनाएका छन् ।

    पहिराे गएकाे ठाउँ नजिकै रहेका तीन घर परिवारलाई अन्यत्र सारिएको छ । सडक बन्द भएका कारण पहिराे गएका ठाउँमा झन्डै तीन घण्टासम्म पनि उद्धार टाेली घटनास्थल पुग्न नसकेको प्युठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिएकि छिन् ।

    सडक बन्द भएका कारण उद्धारका लागि तयारी अवस्थामा रहेको नेपाल आर्मी, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली बीच बाटोमै रोकिएको प्रमुख जिल्ला अधिकारीले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया