• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    सुर्खेतमा गुडिरहेको स्कुटरमाथि पहिरो खस्यो, २ जना घाइते

    383
    SHARES


    काठमाडौँ। सुर्खेतको ब्यूरेनीमा गुडिरहेको स्कुटरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन् ।

    घाइते हुनेमा स्कुटी चालक वीरेन्द्रनगर नगरपालिका-४ का २९ वर्षको कमल पन्त र २५ वर्षका सुरेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।

    शुक्रबार दिउँसो कर्णाली प्रदेश ००२००१ प ५३०४ नम्बरको स्कुटरमा वीरेन्द्रनगरदेखि छिन्चुतर्फ जाँदैगरेका उनीहरुलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता सुरज कार्कीले जानकारी दिएका छन् ।

    घाइते दुबै जनाको हाल वीरेन्द्रनगरस्थित सुर्खेत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टाउँको र पाखुरामा चोट लागेका उनीहरूको अवस्था सामान्य रहेको डीएसपी कार्कीले जानकारी दिए ।

    स्कुटर पहिरोमा पुरिएको छ र अहिले सडक पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरने र भित्रिने सवारी साधानहरु ठप्प रेहका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया