• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    प्रदेशमा उठ्दिनँ भनिसकेको छु : रविन कोइराला

    414
    SHARES


    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिन अस्वीकार गरेका छन् ।

    एमालेमा झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कोइरालाको नाम सर्वसम्मत सिफारिस भएको छ । तर स्थायी कमिटी सदस्य अग्नि खरेल र देवराज घिमिरे दुबैलाई टिकट दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोइरालालाई प्रदेशमा चुनाव लड्न प्रस्ताव गरेका थिए ।

    देवराज २ र अग्नि १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनेछन् । कोइरालालाई झापा १ को कुनै एक क्षेत्रबाट उम्मेदवार बन्न भनिएको छ । पूर्व सांसद समेत रहेका कोइरालाले भने आफूले प्रतिनिधिसभा सदस्यका लागि तयारी गरिरहेकाले प्रदेशमा नउठ्ने जवाफ फर्काएका छन् । कोइरालाले भने, ‘मैले आधिकारिक ठाउँमा प्रदेशमा उठ्दिन भनिसकेको छु ।’

    नेतृत्वले भने प्रदेशमा एमाले सरकारमा हुने परिस्थिति बने महत्वपूर्ण जिम्मेवारी दिने आश्वासन दिएको एमाले झापाका एक नेताले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया